३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

हेटौंडा – नेकपा एमाले, वाग्मती प्रदेश संगठन कमिटीले बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामनै लिएर आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेको छ।

नेकपा एमाले, वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोख्रेलले एक विज्ञप्ती जारी गर्दै बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न आफु तयार रहेको बताएको भन्दै वैद्यलाई प्रदेश सभाबाट निलम्बन गरि पक्राउ गरेर ज्यानमार्ने उद्योग मुद्दा चलाउन माग गरेका हुन्।उनले भनेका छन्, ‘केही समय यता हाम्रो पार्टीका श्रदेय अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धन लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र वैचारिक रुपमा मात्र होइन भौतिक रुपमा उहाँलाई सफ़ाई गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो। हामी त्यसलाई सुक्ष्म रुपले अध्यायन गरिरहेका थियौ। हिजो मिति २०७८ /२/२८ गतेका दिन काठमाण्डू प्रदेश ने ४ क बाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले वाग्मती प्रदेश सभाको बैठकको रोष्टममा उभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारे झै केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन्। प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरि तत्कालै पक्राऊ गरि ज्यानमार्ने उद्योग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु।

यो बिषय सामान्य होइन व्यक्तिलेमात्र लहडमा बोलेको होइन। यसमा गम्भिरै षड्यंत्र लुकेको छ। यसमा संलग्न सबै दोषिहरु पत्ता लगाऊन्। एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु। हत्या जस्तो गम्भिर अपराधको वकालत गर्नेसबैलाई कानूनको दायरामा ल्याऊन अनुरोध पनि गर्दछु।’वाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको कदमको विरोध गर्दै महात्मा गान्धीका लागि नाथुराम गोड्से झै आफू बन्न तयार रहेको बताएका थिए।कांग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ।

प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ। वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]