नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्रको विवाद चाँडो मिलाउन आफ्ना नेताहरूलाई आग्रह गरेका छन्।
एमाले विवाद राजनीतिक भएकाले यसको हल पनि राजनीतिक बाटोबाटै खोज्नुपर्ने उनको सुझाव छ। कानुनी हिसाबले यसको निकास खोज्न थालियो भने सही गन्तव्य नपुगिने नेता रिजालले चेतावनी दिएका छन्।साथै पार्टी विवाद समाधान गर्न जति ढिला गरियो उति बेइज्जती हुने भएकाले चाँडै यसको निकास खोज्नुपर्ने उनको सल्लाह छ।
‘फेरि भन्छु, राजनीतिक समस्याको समाधान कानुनी बाटोबाट खोजेर गन्तव्यमा पुगिन्न। एमालेभित्रको समस्या राजनीतिक हो र यसको निकास राजनीतिक रूपमा खोज्नुपर्छ,’ नेता रिजालले भनेका छन्, ‘निकास खोज्न जति ढिलो हुन्छ, थप बेइज्जत भोग्नुबाहेक अरू विकल्प के छ र?’