फाईल फोटो
काठमाडौँ – सोलुखुम्बुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यू भएको हो ।
आज बिहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो । २ जना घाईते भएका छन् । मृत्यू हुनेमा गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ वर्षीय राम परियार रहेका छन् ।ग. १ ज. ५१७३ नम्बरको गाडीमा सवार अन्य २ जना घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवीत कटुवालले जानकारी दिए ।
८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईमा छुँदा दुर्घटना भएको हो । अहिले उक्त सडक मार्गको जाम खुलाउन प्रयत्न भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।