२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

काठमाण्डाै – मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि आज सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्नुभएको हो ।

गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पूर्व गृह मन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव नियुक्त हुनुभएको छ ।यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।

यस्तै गणेश पहाडी माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।आज राजकिशोर यादवले शपथ लिएसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । २० जना सांसद रहेका महन्थ ठाकुर पक्षका ११ जना मन्त्री सरकारमा सहभागी छन् । आज मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीको सङ्ख्या २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]