प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधवार साँझ नेपाली काँग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री गरेका हुन ।
नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् । मन्त्रीहरूलाई बुधवार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सता साझेदार नेकपा माओवादीले भने बुधवार मन्त्रीको नाम नै दिएन । पूर्व सहमति अनुसार माओवादीले भरत साहको नेतृत्वमा दुई जनालाई मन्त्रीमण्डलमा पठाउन खोजेको थियो । अन्तिममा आएर मुख्यमन्त्री लालबाबु राउतले एउटा मन्त्रालय मात्रै दिन सकिने बताए पछि माओवादी सरकारमा सहभागी नभएको हो ।