२९ कार्तिक २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ २६, २०७८

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा बलेरो जीप दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएका छन् । बुधवार बिहान करिव ११ बजेतिर प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना भएको हो ।

उक्त जीप सुनापति ४ वेथानको लोप्राङबाट बेथानकै डहुतर्फ जादै गर्दा लोप्राङको सडकवाट करिव ७० मिटर तल भिरमा खसेको थियो । सो जीपमा सवार ६ जनाको स्थानीय र वेथान प्रहरी चौकीवाट खटिएका प्रहरीले उद्धार गरेका थिए । हाल सबै घाइतेको वेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार– अहिलेसम्म घाइतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घाइतेको उद्धारको काम सकिएको छ । गाडी चालक सुनापती गाउँपालिका वडा नं ४ वेथानको लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले वताए ।

कोरोना महामारीको समयमा गाउँपालिका भित्र कुनै पनि सवारीसाधन संचालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको वेवास्था गर्दै सवारीसाधन संचालन गर्ने व्यक्तिलाई आवश्यक कारवाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]