एजेन्सी – भारतको उत्तर प्रदेशमा भएको एक दुर्घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ।
कानपुर–इलाहाबाद राष्ट्रिय राजमार्गमा सो दुर्घटना भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार निकै तीव्र गतिमा आएको बसले टेम्पोलाई ठक्कर दिएको थियो।निकै जोडसँग ठोक्किएको सो बस सडकको अर्कोतर्फ उछिट्टिएको थियो। उछिट्टिएको बस सडकबाट पनि खोल्सामा खसेको थियो।दुर्घटनास्थलमा प्रहरी समयमै पुगेर घाइतेहरुलाई अस्पताल पठाएको थियो। तर, कानपुरको लाला लाजपत राय अस्पतालमा पुर्याउँदा÷नपुर्याउँदै १६ घाइतेको ज्यान गएको थियो। चार घाइतेको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश युवा हुन्। उनीहरु एक बिस्कुट उद्योगमा रात्रि सिफ्टमा काम गर्न बस चढेर जाँदै गरेको खुलेको छ।उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यो दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन्।