२६ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ २५, २०७८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि अत्यावश्क हुने अक्सिजन सिलिण्डरहरु विभिन्न कारणले देशका विभिन्न भागमा व्यक्तिका घर-घरमा, टोल-टोलमा, विभिन्न किसिमका आइसोलेसन सेन्टरहरुमा तथा अस्पतालहरुमा पुगेकोले ती सिलिण्डरहरु समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमै असर पुग्ने जनाएको छ ।

त्यसबाट अस्पतालमा जटिल उपचारमा रहनु भएका व्यक्तिहरुलाई अफ्ट्रायो पर्ने भन्दै मन्त्रालयले जुनसुकै व्यक्ति, संस्था, निकायहरुले जुनसुकै बहानामा अक्सिजन सिलिण्डरहरु लिएर गएको भए पनि यथासक्य चाँडो जुन उद्योगको हो, सोही उद्योगमा भर्नका लागि उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डरहरु भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन गर्न समेत अनुरोध गरिएको छ ।‘अक्सिजन जस्तो औषधीको रुपमा प्रयोग हुने विषयलार्य अनावश्यक रुपमा वितरण र प्रयोगलाई प्रोत्साहन गरी मानिसको ज्यानै जोखिम हुने खालका कामहरु नगर्न नगराउन सबैमा सचेत गराइन्छ, विज्ञप्तीमा भनिएको छ ।मन्त्रालयले कोभिड–१९ को संक्रमणको जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको अहिलेको अवस्थामा संख्यात्मक रुपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको उच्च जोखिम कायमै रहेको जनाएको छ ।

मन्त्रालयले महामारीको निर्विकल्प उपाय भनेकै रोकथाम भएकाले रोकथामका लागि सबैले धैर्यताका साथ संवदेनशील भएर सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डहरुको पालना तथा निर्देशनहरुको कार्यान्वयन गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]