बुटवल – रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार फेला परेको हो।
ती पुरुषको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए। उनको शव अहिले पोष्टमार्टमको लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।
मृत भेटिएका यादव राति ११ बजेसम्म स्थानीय एकजनाको बिहेमा सहभागी थिए। मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको डिएसपी थापाले बताए।