२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ २३, २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सवै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् ।

प्रधानमन्त्री ओली निकट अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै जिकिर गरेर पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सो कुरा बताएका हुन् ।सरकारका पक्षबाट अधिवक्ता पर्शुराम कोइरालाले जेठ १४ को इजलास भत्काउने न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईलाई राख्न नहुने जिकिर गरेपछि प्रधानन्यायाधीशले भने– ‘सबै कुरा कानुन बमोजिम हुने हो ।’प्रक्रियागत रुपमा नै सरकारको पक्षबाट निवेदन आएको कोइरालाको दावीपछि प्रधान न्यायाधीशले भने ‘सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो, त्यसैले मैले अवहेलना सम्झाएको हुँ ।’

कोइरालाको बहस सकिएपछि चिया ब्रेक भएको छ । चियापछि फेरि न्यायाधीश भट्टराई र कार्कीले इजलास छाड्नुपर्छ कि पर्दैन भन्नेबारे सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]