२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल काँग्रेसका पुराना नेता महेश्वरलाल श्रेष्ठको निधनले अत्यन्तै मर्माहत बनाएको बताएका छन् । शनिबार विहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा श्रेष्ठको निधन हो ।

उनको निधनप्रति शोक व्यक्त गर्दै पौडेलले भने, नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखिनै अनवरत रुपमा लागि रहेका अथक र संघर्षशील योद्धा तथा अन्त्यन्तै निस्ठावान हामी सबैका नेता महेश्वरलाल श्रेष्ठको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । पौडेलका अनुसार श्रेष्ठ सत्याग्रह आन्दोलनमा समेत सहभागी भइ सुवर्ण शमशेरको नेतृत्वमा भरतपुर कब्जा गर्ने आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । देश र जनताको लागि लामो समय जेल जीवन बिताएर पनि कुनै लाभको पद नलिनुभएका श्रेष्ठ पार्टीमा अत्यन्तै इमानदार छविका नेताको रुपमा चिनिनुहन्थ्यो, पौडेलले सम्झिए ।

पौडेल स्वर्गीय श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति, सिङ्गो काँग्रेस र चितवन जिल्लाका आम जनतामा गहिरो समवेदना प्रकट गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]