नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन्।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेकाे बताएका हुन्। “चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको छ,” दाहालले भने। उनले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पुर्याउन शिक्षकहरूलाई आग्रह गरे। शिक्षकसहित समाजका धेरै बर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताए।
अध्यक्ष दाहालले लोकतन्त्र स्थापना र संविधान निर्माणसँगै जनवादी क्रान्तिको एउटा पाटो पूरा भएको बताए। “नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ।”उनले अब समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त गर्नुपर्नेमा जोड दिए। त्यसका लागि कम्युनिष्ट एकता आवश्यक भएको उनको भनाइ थियो। दाहालले भने, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ।”
अध्यक्ष दाहालले यतिबेला कोभिड-१९ महामारीविरुद्ध लाग्नु पर्ने बताए। त्यसका लागि सबैले एकताबद्ध लाग्न अनुरोध गरेका छन्।