२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सघाउनका लागि बेलायतलाई आग्रह गरेका छन् । ओलीले बेलायतसँग कोरोना खोपको अपेक्षा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

बिबिसीको विश्व सेवासँग अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री अ‍ोलीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कोरोना खोपको सहयोग मागेका हुन् । ओलीले शुक्रबार बिबिसीको अंग्रेजी, हिन्दी र नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहयोगको अपिल गरेका हुन् । बेलायती सैनिकका रुपमा नेपाली युवाहरुले दिएको योगदान र गोर्खा सैनिकको सम्मानका लागि पनि बेलायतले नेपाललाई कोभिड एडको प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले आफूले बेलायतलाई, खास गरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालमा अहिले कोरोना संक्रमणको अवस्थाका विषयमा जानकारी गराउन चाहेको बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले अहिले जनतालाई कोरोना खोप लगाउन सक्यौँ भने कोरोना नियन्त्रण गर्न सहज हुनेछ । अन्यथा परिस्थिति अझ खराब बन्दै जानसक्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिबिसीका तीनवटै सेवासँग एकैपटक अन्तर्वार्ता दिँदै नेपालमा कोरोनाको अवस्था, नियन्त्रणको प्रयास र आवश्यकताका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]