३० कार्तिक २०८२, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २२, २०७८

संघीय सरकारमा जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो गएसँगै प्रदेश २ को सत्तासमिकरण बिग्रेको छ ।

पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)बाट प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु अभिराम शर्मा, डिम्पल झा र सुरेश मण्डललाई हटाइने तय भएकोछ । तर पूर्व राजपाका नवलकिसोर साह र रामनरेश यादव मन्त्री रहिरहने छन् । साह र यादवले खेमा परिवर्तनगरि यादव समुहमा सकृय छन् । उनीहरु दुबै जना कार्यकारिणी समितिमा यादव पक्षलाई बहुमतमा पुरयाएका हुन् ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिसित प्रदेश २ को सत्तासमिकरणबारे शुक्रवार छलफल गरेका जसपाका अध्यक्ष उपेन्द्र यादव साँझ जनकपुरधाम आइपुगेका छन् । पूर्व राजपालाई सरकारबाट हटाउने तयारी गरिसकेका यादवले प्रदेश २को नीति तथा कार्यक्रम र बजेट पास गराउन काँग्रेस, माओवादी केन्द्र र एमालेको साथ पाउने वातावरण बनाएका छन् । यादवले प्रदेश सरकारको वषयमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला मन्त्री विजय कुमार यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको छ ।

उनले सरकार बाहिर रहेका काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुसितपनि भेटने बताइएको छ । स्रोतका अनुसार निर्वाचन आयोगले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्लको निष्कासनलाई सदर गर्ने बितिकै प्रदेशमा सरकार परिवर्तन हुनेछ ।तत्काल बजेट पास हुञ्जेल सम्म यो सरकारले नै निरन्तरता पाउने छ ।असार १ गते बजेट प्रस्तुत हुने अनिवार्य कार्य सुची रहेको छ । स्रोतहरुका अनुसार प्रदेशमा काँग्रेसले मुख्यमन्त्रीको दावी गरेपनि उपमुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिनेमा सहमत हुनेछ ।काँग्रेसले सरकारमा २ वटा मन्त्रालय पाउने छ । जसपा अध्यक्ष यादवसितको छलफलमा उपसभापति निधिले मुख्यमन्त्री नै दिनु पर्ने तर्क राखेका थिए ।प्रदेशमा संसदीय दलका नेता रामसरोज यादवले गठबन्धन सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने बताउँदै आएका छन् ।सरकारमा जसपालाई सघाउने काँग्रेस, माओवादी केन्द्र र एमालेका सभासदहरुले भने मुख्यमन्त्री फेर्नु पर्ने दवाव दिन थालेका छन् । उनीहरुले जसपाकै नेतृत्वमा सरकार रहेपनि मुख्यमन्त्री फेर्नु पर्ने उनीहरुको माग छ ।

सरकार बनाउन पूर्व राजपा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललेपनि यादवसित भेंटेर सहयोग मागेका थिए । माओवादी केन्द्रले एउटा र एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल समुहले एउटा मन्त्रालय पाउने बताइएकोछ । प्रदेश सभाको गणित अनुसार हाल पूर्व समाजवादी पार्टीको तर्फ कम्तिमा ३३ जना रहेका छन् ।काँग्रेसको १९ जना, माओवादी केन्द्रको ८ जना र एमालेको २१ मध्ये नेपाल–खनाल समुहका १३ जना रहेका छन् ।एमाले ओली समुहमा ८ जना र पूर्व राजपाको २२ जना रहेका छन् । हाल प्रदेश सभामा १ सय ४ जना रहेका छन् । त्यस मध्ये पूर्व राजपाका एक जना सभामुख छन् । माओवादी केन्द्रले ३ जनालाई निष्कासन गरेपछि संख्या घटेको हो । प्रदेश सभाको मौजुदा सभासदहरुको ५३ जना सरकार बनाउन चाहिन्छ ।

पूर्व समाजवादी पार्टीको ३३, काँग्रेसको १९, माओवादी केन्द्रको ८ र एमाले नेपाल–खनाल समुहको १३ गरी ७३ हुनेछ । यसमा पूर्व राजपाबाट अझै केहि थपिने बलियो संभावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]