२५ माघ २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, जेठ २१, २०७८

कोरोना भाइरस रोग न्युनीकरणका लागि सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा र खडक नगरपालिकालाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

उक्तनगरपालिकाहरुमा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत खडक नपा–९ स्थित मैन्हासहश्रबाहु आइसोलेसन र सुरुङ्गा नगरपालिका –९ मा रहेको कोभिड अस्पतालका लागि तीन लाख ३१ हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरिएको सबल नेपालको फिल्ड अधिकृत मासुका चौधरीले जानकारी दिनुभयो । एन्टीजेन किट, पल्स अक्सीमिटर, पिपिई सेट, स्प्रेयर पम्पलगायतका सामाग्रीहरु सहयोग गरेको हो । अधिकृत चौधरीका अनुसार कोरोनाबाट मानिसको तत्कालज्यान जोगाउनहामीले दुबै नगरपालिकालाई जति सक्दो छिटो थप अत्यावश्यक सामाग्रीहरु अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, भिटिएम किट लगायतका सामानहरु सहयोग गर्ने बताउनु भयो ।

उपलब्ध गराएको सामाग्रिमा सर्जिकलग्लोब्स २ सय सेट, रेपिड एन्टिजेट किट ६ सय थान, १६ लिटरको स्प्रे पम्प २ सेट, सर्जिकलमास्क ८ सय थान, पल्स अक्सिमिटर ५ थान, पिपिइ सेट ४० थान, साबुनबक्स १ सय २० थान तथा बाल्टीन ८ थान रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]