सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिकामा शाखा कार्यालाय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले बोदे बर्साईन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।
कोरोना माहमारी रोकथाम तथा नियन्त्रकोमा योगदान गर्ने गरी बोदे बर्साईन नगरपालिकालाई २५ हजार रुपियाँको चेक स्तान्तरण गरेको हो । संस्थाका बोदे बर्साईन शाखा कार्यालाय प्रमुख योगेन्द्र प्रसाद यादवले बोदे बर्साईन नगरपालिकाका प्रशासनिक प्रमुख घन्शयाम यादवलाई चेक हस्तान्तरण गर्नुभयो ।उक्त्त संस्थाले यस अघि पनि कोरोना माहामारीमा अग्रपगतीमा रहेर काम गरिरहेको सुरक्षाकर्मीहरु समेतलाई स्वास्थय समग्री विरतरण गरेको थियो । पोखरामा केन्द्रिय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले नेपालको सबै जिल्लामा समुदाय अधारति लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक सहयोग गरेको जनाएको छ ।
साथै यस शाखा बोदे बर्साईनले एघार सय छयालीस जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुबिधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुलाई छ करोड एकाईस लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ।यसै गरि यस शाखाले आफ्ना ग्राहक सदस्यहरुसंग एक करोड पैसठी लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। साथै यस शाखाले कोभिड १९ को बिषय परिस्थितिलाई ध्यानमा राखी ई सेवाबाट पनि बचत तथा कर्जा संकलन गर्ने सुबिधा तथा एसएमएसबाट आफ्नो वित्तीय कारोबारको जानकारी लिन सकिने सुबिधा प्रदान गरेको छ।
र यस शाखा कार्यालयले आफ्ना सदस्य तथा अन्य स्थानीय ब्यक्तिहरुलाई अनलाइन कोभिड फर्म भर्नका लागि पनि सहजीकरण गरेको र हालसम्म १४६ जना सदस्य तथा स्थानीय ब्याक्तीहरुलाई अनलाईन कोभड फर्म भर्नका लागि सहजीकरण गरिसकिएको शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले बताए ।