२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं – पूर्व सांसद् एवम् नेकपा (माओवादी केन्द्र)का नेता विष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार साँझ ६ बजेर २० मिनेट जाँदा निधन भएको हो ।

यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। दाहालले वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता र कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको बताएका छन् । शुक्रबार एक शोक वक्तव्य जारी गर्दै उनले सादा जीवन, सरल र जुझारु कमरेड वाइबा किसान र मजदूरबीच लोकप्रिय रहेको उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘उहाँ नयाँ पुस्तालाई वर्ग संघर्षका वीरतापूर्ण गाथा सुनाई उर्जावान बनाई रहनुहुन्थ्यो । कमरेड वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै उहाँप्रति पुनः एकपटक श्रद्धा सुमन प्रकट गर्दछु ।’स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौ.म.)को केन्द्रीय सदस्य थिए।

२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरण पछि केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य रहेका थिए । उनका तीन छोरा र दुई छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]