जनकपुरधाम – सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए ।यस्तै, महोत्तरीमा पनि जेठ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । जेठ २० गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।