३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गते आव्हान गरिएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बजेट अधिवेशन आव्हानका लागि निर्णय गरी प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइन् ।सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा बजेट प्रस्तुत हुनु भन्दा १५ दिन पहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक सातापहिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नु पर्ने व्यवस्था छ । सो व्यवस्थालाई आउँदो बजेट अधिवेशनमा मात्रै लागु हुने गरी निलम्बन गर्नलाई प्रदेश सरकारले अध्यादेश ल्याउने भएको छ । सो अध्यादेश बजेट प्रस्तुत हुनु भन्दा पहिले सदनबाट पास गरिने प्रवक्ता तथा कानुन मन्त्री जोशीले बताइन् ।

असार १ गते नै प्रदेश सरकारको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संबैधानिक व्यवस्थाअनुसार जेठ १६ गते प्रिबेजट र जेठ २५ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्ने थियो । तर कोभिड–१९ संक्रमण र त्यसको चेनब्रेक गर्न गरिएको लकडाउनका कारण प्रक्रिया पुरा गर्न चुनौति देखिएकाले आउँदो बजेट अधिवेशनमा छोटो प्रक्रियाबाट बजेट ल्याउन लागिएको प्रवक्ता तथा कानुन मन्त्री जोशीले बताइन् ।यसैगरी, मन्त्रीपरिषद् बैठकले डोटीको आदर्श गाउँपालिका ४ रोडीकी लक्ष्मी भाट र उनकी छोरी अञ्जु भाटलाई उपचारका लागि २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनीहरुलाई आगो लगाएर जलाइएको थियो । जलेर घाइते आमा छोरीको काठमाडौंमा उपचार भइरहेको छ ।

महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको प्रवक्ता तथा कानुन मन्त्री जोशीले जानकारी दिइन् । मन्त्रीपरिषद्को बैठकले नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी प्रदेश सरकारको प्रवक्तामा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]