२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

भारत – भारतीय जनता पार्टीका एक पार्षदको जम्मू–कश्मीरमा गोली हानी हत्या गरिएको छ। भाजपाका पार्षद राकेश पण्डितामाथि चरमपन्थीले बुधबार राति गोली हानी हत्या गरेका हुन्।

समाचार एजेन्सी पीटीआईले प्रहरी प्रवक्तालाई उदृत गर्दै दिएको जानकारी अनुसार बुधबार राति जम्मू र कश्मीरका बीजेपी काउन्सिलर पण्डितामाथि पुलवामाको त्राल क्षेत्रमा साथीहरुसँग भेटका लागि पुगेको समयमा गोली प्रहार भएको हो।रातको करिब सवा १० बजे तीन अज्ञात बन्दूकधारीले उनीमाथि गोली चलाएका थिए। गोली लागेर घाइते उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो। गोली लागेर उनका एक जना साथीका छोरा घाइते भएका छन् र उनको उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो।

पण्डिताको सुरक्षाका लागि दुई सुरक्षा अधिकारी उपलव्ध गराएको भएपनि घटना भएको समयमा उनले सुरक्षा प्रक्रियालाई उल्लंघन गरेका थिए। उनको सुरक्षाका लागि खटाइएका प्रहरी आफ्नो गाउँ गएका थिए। प्रहरीले सुरक्षामा खटाइएका अधिकारीका विषयमा पनि जाँच थालेको जनाएको छ।

विगत एक वर्षमा जम्मू–कश्मीरमा पाँच बीजेपी नेताहरुको हत्या भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]