मोरङ – प्रदेश १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय लिएको हो ।
बैठकले जेठ २४ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि प्रदेशप्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।