०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

सप्तरी – सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा मंलबार राष्ट्रपति बिध्यादेबी भण्डारी र प्रधानमन्त्री केपि ओलिको पुतला दहन गरेको छ ।

प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन । जसपाका गाउँपालिका अध्यक्ष रामदेव यादव र नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य एबम गाउँपालिका अध्यक्ष बेचेन प्रसाद चौधरी नेतृत्वको विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्कानाराबाजी गर्दै पुतला दहन गरे । गाउँपालिकाको कार्यालय अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गदै नेताहरूले साँसद पुनर्स्थापना नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा साँसद विघटन गरेपछि प्रतिगामी कदमको बिरोध गर्दै विपक्षी गठबन्धनले कानुनी र सडक आन्दोलन गर्दै आएको छ ।

गठबन्धनले पुर्वनिर्धारित कार्यक्रम अन्तरगत देशब्यापी सबै स्थानीय तहमा एक साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको जनता समाजवादी पार्टी नेपाल अग्निसाईर कृष्णासवरन गाउँपालिकाका सचिव मिलन चौधरीले जानकारी दिए । कार्यक्रम अन्तरगत बुधबार सबै स्थानीय तहहरुमा मसाल जुलुस प्रदर्शन गरिने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]