०४ फाल्गुण २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १८, २०७८

काठमाडौं – कोभिड १९ भाइरसको दोस्रो चरणको प्रवेशसँगै नेपालमा अक्सिजन आपूर्तिको गम्भीर अभाव भइरहेको छ ।

नेपालमा अक्सिजन सिलिण्डरको संकलन र भण्डारणमा जोड दिइएता पनि उत्पादन तर्फ धेरैको ध्यान आकर्षण भएको देखिदैंन । करिब तीन साता अघि कोभिड १९ बाट संक्रमितहरुको उल्लेखनीय संख्यामा वृद्धि भए पछि अस्पतालहरूद्वारा अपर्याप्त अक्सिजका कारण संक्रमितहरुको उपचार गर्न नसकिने स्थिति रहेको जानकारी गराएका थिए ।वैशाख २५ गतेदेखि अस्पतालहरुले थप संक्रमितहरुलाई भर्ना गर्न बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएकाले अक्सिजन अभावको तत्काल अवस्थालाई सम्बोधन गर्न विभिन्न अस्पतालहरूद्वारा आग्रह गरिएको थियो ।

यस समयावधि भित्र अक्सिजनको कमीका कारण सयौं नेपालीहरुले ज्यान समेत गुमाउनु परेको थियो । यस समस्यालाई तुरुन्त सम्बोधन गर्नका निमित्त नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरिएको छ । विविध क्षेत्रमा विशेषज्ञता भएका यी संस्थाहरुले मेडिकल अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टमलाई नेपालमा आयात गर्नको निमित्त एकजुट भइ निरन्तर काम गरिरहेको जनाइएको छ ।अक्सिजन जेनरेटर र अक्सिजन भर्ने सिस्टम निर्माण गर्नको लागि मेडिकल अक्सिजन उत्पादनका फ्रान्सेली कम्पनि NOVAIR लाई छनोट गरिएको छ । हाल १० अक्सिजन प्लान्ट र पाँचवटा अक्सिजन भर्ने सिस्टम उत्पादन गर्ने प्रक्रियामा रहेको NOVAIR ले तीन हप्ता भित्रमा उक्त अक्सिजन प्लान्ट र सिस्टमलाई नेपाल भित्राउनेलक्ष्य लिएको छ ।

प्रति दिन १० अक्सिजन जेनरेटरहरूले प्रति मिनेट २४०० लिटर अक्सिजन उत्पादन गर्दछ (६.८) क्युबिक मिटर क्षमताको ६४० जम्बो सिलिन्डर बराबर) । नेपालका सात वटा प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्टको स्थापना गर्न हाम्रो कन्सोर्टियम प्रतिबद्ध रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]