२५ कार्तिक २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १८, २०७८

काठमाडौं – संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ ।

शुक्रबार र आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश परिवर्तन हुनुपर्ने वकिलहरूले माग गरेका थिए । आज पुरानै ५ न्यायाधीशको इजलास कायम राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले आज संवैधानिक इजलासको सूची परिवर्तन गर्न सक्ने कतिपय कानूनविदले अड्कलबाजी गरेका थिए । तर, आज पनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको छ ।संवैधानिक इजलास परिवर्तन गर्ने र नगर्ने बारे सोमबार न्यायाधीहरुवीच छलफल भएको थियो । अन्ततः आजको इजलास परिवर्तन भएन । न्यायाधीशद्वय केसी र श्रेष्ठले आफूमाथि उठेका प्रश्नबारे इजलासमै प्रष्ट पार्ने स्रोतले बतायो । यसअघि नेकपाको विभाजनसम्बन्धी मुद्दाको फैसलामाथि प्रश्न उठेका कारण न्यायाधीश श्रेष्ठ र केसीले संवैधानिक इजलासमा बस्न नहुने वकिलहरुको माग छ । अर्को पक्षले भने न्यायाधीशहरुमाथि त्यसरी प्रश्न उठाउन नमिल्ने बताउँदै आएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीशलाई सुझाव दिँदै भनेका छन्, ‘प्रधानन्यायाधीश बढी संयम हुनुपर्छ । ठण्डा दिमागले सोच्नुपर्ने हुन्छ । ‘रुट कज’ पत्ता लगाउनुप-यो । आजदेखि नै ‘कज लिस्ट’मा सुधार गरिदिए हुन्छ । इजलासमा वरिष्ठतममा एकदेखि पाँच नम्बरसम्मका न्यायाधीश बस्ने भनियो भने विवाद गर्नेले के आधारमा विवाद गर्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]