२४ मंसिर २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

मुम्बई – अभिनेत्रीद्वय आलिया भट्ट र दीपिका पादुकोण बलिउडको उत्कृष्ट अभिनेत्रीको सूचीमा पर्दछन् । आलिया र दीपिकाको नाम लिँदा अभिनेता रणवीर कपूर छुट्दैनन् । किनकी आलिया रणवीरको वर्तमान प्रेमिका हुन् भने दीपिका पूर्व हुन् ।

एबीपी लाइभका अनुसार बर्लिनमा भएको ‘आइफा अवार्ड’ मा यी दुई अभिनेत्री एकसाथ पुरुष शौचालयमा पसेका थिए । जुन कुराको खुलासा उनीहरुले एक अन्तरवार्तामा गरेका छन् ।‘बर्लिनमा भएको आइफा अवार्डको कार्यक्रम सकिएपछि हामी दुवैजना केही साथीहरुसँग एक कन्सर्टमा जाने निधो गर्यौ । त्यो समयमा हामी दुवैलाई शौचालय जानु पर्ने भयो । जब हामी महिला शौचालय पुग्यौं, त्यहाँ महिलाको निकै लामो ताँती थियो । त्यो ताँती देखेपछि हामी पुरुष शौचालयतिर लाग्यौं । त्यहाँ केही पुरुषहरु उभिएका थिए । तर हामी उनीहरुलाई निकालेर शौचालय भित्र पस्यौं’, दुवैले भनेका छन् । उनीहरुका अनुसार दीपिका र आलियाले यस्ता कैयौं किस्साको सामना गरेका छन् ।

कामको कुरा गर्दा आलिया फिल्म ‘आरआरआर’, ‘ब्रम्हास्त्र’ र ‘गंगुबाई काठियावाडी’ मा देखिँदैछिन् ।दीपिका ‘८३’, ‘द इन्टर्न’ र ‘पठान’ जस्ता फिल्ममार्फत दर्शकमाझ आउदैछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]