नयाँ दिल्ली – भारतको हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले राज्यभरीमा ५० जना मानिसको ब्ल्याक फंगसले मृत्यु भइसकेको र ६ सय ५० जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेका बताएका छन् ।
खट्टरले एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । उनले राज्यभरीमा ब्ल्याक फंगसका ७५० विरामी रहेकोमा ५८ जना विरामी उपचार पछि ठिक भएर घर गएका र ६५० जना उपचार गराइरहेका बताएका छन् ।राज्य सरकारले ब्ल्याक फंगसको उपचारमा प्रयोग हुने इन्जेक्शनको व्यवस्था गरेको छ र उपचारमा यसको प्रयोग भइरहेको खट्टरले एउटा भर्चुअल प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै बताएका हुन् ।
खट्टर भन्छन् –‘हामीलाई इन्जेक्शनको ६,००० बोतल प्राप्त भएको छ । बाँकी दुई हजार बोतल दुई दिनमा प्राप्त हुन्छ र हामीले थप ५,००० बोतल अर्डर गरेका छौं ।’