२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

सप्तरी – भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ।

भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनै जना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ।

भेरी अस्पतालमा बिहीबार राती कोभिड आइसोलेसनको आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरुले शौचालयको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए।घटनालगतै अस्पतालमा तनाव सिर्जना भएको थियो। अस्पतालमा कार्यरत सबै चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीहरुले आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय धर्नामा रहेका छन्।आफ्नो सुरक्षाको माग गर्दै सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा पुगेपछि भेरी अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ।

अस्पताल विकास समितिले दोषीलई कारबाहीको लागि प्रक्रिया अघि बढीसकेको भन्दै महामारीको विषम परिस्थितीलाई मध्यनजर गरी उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]