३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

चिनियाँ प्रयोगशालाबाट कोभिड–१९ को उत्पत्ति भएको हो वा होइन भन्नेबारे थप अनुसन्धान गर्ने अमेरिकी प्रयासको चीनले निन्दा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका थिए।९० दिन भित्र अध्ययन गरिसक्न गुप्तचर निकायका प्रमुखहरुलाई बाइडेनले आदेश दिएलगत्तै चीनको आक्रोशपूर्ण प्रतिक्रिया आएको हो। चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।

विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले ‘तथ्य वा वास्तविकतालाई ध्यान नदिने र उत्पत्तिबारेका गम्भीर वैज्ञानिक अध्ययनमा उसको शून्य चासो’ रहेको प्रतिक्रिया दिएका छन्।उनले भ्रामक सूचना दिने मामिलामा अमेरिकी गुप्तचर निकायको अँध्यारो विगत रहेको पनि उल्लेख गरेका छन्।

कोभिड–१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि चीनले जनाएको छ।कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर वुहान शहरमा देखा परेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]