०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

मकवानपुरमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा जिल्ला सुरक्षा समतिकिो बिहीबार बसेको बैठकले यस अघि जिल्लामा जारी भएको निषेधाज्ञालाई निरन्तरता दिने र थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि जिल्ला सुरक्षा समितिले जेठ १३ गतेसम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । मकवानपुरमा गत बैशाख १९ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । तर, हेटौडा उपमहानगरपालिकाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका औषधी, कृषि बीउबिजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ ।

सो क्षेत्रमा खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाइल भ्यानमार्फत टोल–टोलमा विक्री वितरण गर्न दिइने भएको छ । त्यस्तै बैठकले बैंकहरुको हकमा स्वास्थ्यका मापदण्ड पालना गरी चौथाई कर्मचारीको उपस्थितिमा साताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरू पूर्ण रुपमा बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका सबै क्षेत्रमा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औषधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]