सप्तरी – सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ५ शत्रुध्न चाैकमा लगभग ४ दिन अगाडि रातिको समयमा अलपत्र अवस्थामा फेला परेकी भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नम्बर – ११ घर भएकी ४२ वर्षीय संगिता देवी मेहतालाई उनका छोरा अमित कुमार मेहता र एक जना आफ्नताको जिम्मा लगाएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट सुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले बताए ।
संगिता देवी मेहताका छोरा अमित कुमार मेहताले भने मेरो आमा बिगत १८ दिन देखि हराएकोले घरमा रूवाबाँसी चलिरहेको थियो । तर केही समाजिक संजालमा मेरो आमाको तस्बिर र ठेगाना सहित बोदे बर्साईन नगरपालिका ,सशस्त्र प्रहरी बल , ईलाका प्रहरी र पत्रकारहरुको पहल तथा सहयोगले गर्दा आज सकुशल हाम्रो जिम्मा लगएकोमा धन्यवाद ज्ञापन गरे ।
बोदे बर्साईन नगरपालिकाको पहलमा संगिता देवी मेहतालाई अन्दाजी राती ११ बजेको समयमा बोदे बर्साईन नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स बाट बोदे बर्साईन नगरपालिका वडा नम्बर ०९ स्थित सुभरनपट्टि बोडरमा उनका छोरालाई सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्ट , नेपाल प्रहरी का हवल्दार कमल दुलाल , पत्रकार उमेश कुमार साह,स्थानीय सुरेन्द्र कुमार भगात लगायतको उपस्थिति जिम्मा लगाएको थियो ।