२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २३, २०७८

सप्तरी – प्रदेश २ का सामुदायिक रेडियोहरूमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारी कोरोनाबाट सुरक्षित रहुन् भन्ने उद्देश्यले सामुदायिक रेडियो प्रसारसक संघ (अकोराब) को प्रदेश २ समितिले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेको छ।

अकोराब प्रदेश २ समितिका सचिव अच्युत पौडेलको पहलमा आर्थिक स्रोत जुटाई प्रदेशभित्रका सामुदायिक रेडियोहरूलाई फेस सेड, सेनिटाइजर र मास्क वितरण अभियान सञ्चालन गरिएको हो।

यस क्रममा अहिलेसम्म सर्लाही, महोत्तरी, रौतहट, बारा, सप्तरी, धनुषा, सिरहाका सामुदायिक रेडियोलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएसकिएको सामुदायिक रेडियो सर्लाहीका व्यवस्थाक अच्युतम सापकोटाले के छ खबरलाई जानकारी दिए।

अकोराबका प्रदेश सचिव पौडेल, कोषाध्यक्ष वसन्त शर्मा र सापकोटा संलग्न टोलीले सामुदायिक रेडियोहरूमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो।

अब पर्सा जिल्लाका सामुदायिक रेडियोहरूलाई मात्र यी स्वास्थ्य सुरक्षाका सामग्री दिन बाँकी रहेको र त्यहाँ भोलि शुक्रबार जाने कार्यक्रम रहेको अकोराब प्रदेश २ समितिका कोषाध्यक्ष शर्माले जानकारी दिए।

प्रदेशका ८ जिल्लाका सामुदायिक रेडियोहरूका लागि करिब २ लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री जुटाइएको जानकारी पनि उनले दिए।

कोरोना महामारीका बेला पनि सामुदायिक रेडियोकर्मी नागरिकलाई समाचार र सूचना दिन सक्रिय रूपमा लागिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]