३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८
Sorry No Photo is selected hare

सुर्खेत – सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा बैशाख ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकोले वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।उनले भने, ‘अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ ।’ कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था बन्दै गएकोले कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोना संक्रमण हुनबाट जोगिन प्रजिअ रिजालले आग्रह गरेका छन् ।बैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन थपिएको उनले बताए ।

साथै उनले लकडाउन उलंघन गरे एक महिना कैद वा एकसय जरिवाना दुबै सजाय हुने बताए । साथै आदेशको कार्यान्वयनमा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय जरिवाना दुवै सजाय रिजालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]