२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०८, २०७८

सिमकोट – कर्णाली नदीमाथि दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। खार्पुनाथ गाउँपालिकाका तीनवटा वडासँग सडक सञ्जाल जोड्नका लागि पक्की पुल बन्न लागेको हो।

लालीबगरबाट औलथाली र याङ्चुबगरबाट तुम्लीङ जोड्ने दुईवटा पक्की पुल बन्ने प्रकृया सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले जानकारी दिए।दुवै पुल निर्माणका लागि ई बिडिङ प्रकृया सुरु हुन लागेको छ। लालीबगरबाट औलथाली पक्की पुलका लागि १५ करोड दुई लाख र गाउँपालिका केन्द्र याङ्चु बजारदेखि तुम्लिङ जोड्ने पक्की पुलका लागि १७ करोड ९४ लाख बजेट विनियोजित भएको छ।बहुवर्षीय योजना अनुसार बन्ने भएका कारण यी पुलहरु पाँच वर्ष भित्र निर्माण अवधि राखिएको छ।

ई बिडिङबाट छनौट भएका निर्माण कम्पनीले पक्की पुलको डिजाईन र निर्माण आफै गर्नु पर्ने छ। पुलको निर्माण पछि खार्पुनाथ गाउँपालिकाका वडा नम्बर २,३ र ४ का सात सय घरधुरीका स्थानीय लाभान्वित हुने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]