३० भाद्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो।बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो। सो ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।बरहथवा नगरपालिका-१५ पिपराभित्ता बस्ने ४५ वर्षीय मोटरसाइकल चालक भिखारी सहनी र पछाडि सवार रौतहट परोहा नगरपालिका-९ ४० वर्षीय प्रकाश सहनी गम्भीर घाइते भएका थिए। उनीहरूलाई जिल्ला अस्पताल मलंगवा लगिएको थियो।

दुबै जनालाई साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]