लखनाउ प्रहरीले हनी ट्रैपको जालमा मानिसहरुलाई फसाउने र ब्लाकमेल गरी हैरानी गर्ने एक ग्याङका पाँच सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जसमा तीन पुरुष र दुई महिला रहेका छन् । तीन जना पुरुषले भने प्रहरीको वर्दी लगाएका थिए । डर धम्की दिई रकम असुल गरिरहेका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको जनाएको छ । लखनाउको चौकी हजरतगंज क्षेत्रमा एक पीडितले प्रहरीलाई उजुरी दिएका थिए । महिला र तीन जना नक्कली प्रहरी मिलेर उनलाई ब्लाकमेल गरिरहेका थिए । त्यस्तै अश्लील भिडियो वायरल गराउने धम्की दिई उनीसँग रकम मागिरहेको थियो । जसका कारण उनी समस्यामा परे । उक्त घटनाबाट उनी मानसिक रुपमा विक्षिप्त बने । उनले आत्महत्या गर्ने सोच समेत बनाए ।
प्रहरीले उनको यस्तो अबस्था देखेपछि गंभिर रुपमा लिए । ती ग्याङको निगरानीको लागि प्रहरीको एक विशेष टाली परिचालन भयो । ती पीडित पुरुषलाई ती ग्याङका समूहले कानपुर सडकमा रकम दिन बोलाए । प्रहरी पनि तिनीहरुमाथि निगरानी गरिरहेका थिए । प्रहरी तिनीहरुलाई पक्राउ गर्ने तयारी समेत गरिरहेका थिए। सोही बेला ग्याङका तीन जना पुरुष प्रहरीको वर्दीमै आए ।
दुई महिला पनि सँगै आए । ती ग्यांङका समूहले ती पीडितबाट रकम लिँदा लिँदै उनीहरु नजिकै निगरानीमा रहेका प्रहरीबाट पक्राउ परे । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।