२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

कैलालीमा ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार चैतमा मात्रै जिल्लाभर ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ ।

चुरे र तराईका वनमा दर्जनौँ ठाउँमा अहिले पनि आगलागी भइरहेको छ । वनमा डढेलो फैलँदै गए पनि सम्बन्धित निकायहरूबाट आगलागी नियन्त्रणका प्रयासहरू भएका छैनन् ।डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले केही सातायता कैलालीमा करिब ६ हजार हेक्टर वन क्षेत्र आगलागीमा परेको बताए । सबैभन्दा बढी चुरेको वनमा आगलागी भइरहेको उनले बताए । चुरेको आगलागी अहिले पनि नियन्त्र भएको छैन । चुरेसँग जोडिएका तराईका वनमा पनि आगलागीका घटना बढेका छन् ।

चुरेसँगै जैविक विविधताले महत्वपूर्ण मानिने वसन्ता जैविक मार्ग र घोडाघोडी सीमसार क्षेत्रको वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ । संरक्षणकर्मी हिरुलाल डगौराले घोडाघोडी सीमसार क्षेत्रमा पर्ने वनमा आगलागी बढेको बताए ।चुरे वन र भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको वसन्ता जैविक मार्गका कैयौँ ठाउँमा आगलागी भएको उनले बताए ।

आगलागीले ससाना बिरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । वन्यजन्तु र चराचुरुंगी लोप हुने अवस्थामा पुग्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]