सप्तरी – बालन बिहुल गाउँपालिका वडा न ३ महुवा स्थित खेतमा भैंसी चराउने क्रममा डोरीमा अल्झी एक महिलाको मृत्यु भएको हो ।
बालन बिहुल गाउँपालिका वडा न ३ महुवाकि जयावती देबी मण्डल खेतमा भैंसी चराउने क्रममा भैंसी एकासी उम्किन गइ भैंसीको डोरी मण्डलको हातमा अल्झी भैंसीले घिसारदा टाउको ,अनुहार र शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका थिए ।सो क्रममा उपचारका लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा मण्डलको बाटो मई मृत्यु भएको हो ।
मृत्यु भईसकेको मण्डल लाई फिर्ता घर तर्फ लागिएको थियो । उक्त लास लाई पुन्ह घटना स्थलमा प्रहरी टोलि पुगी मुचुल्का लागयतका कार्य सम्पन्न गरि लासलाई पोस्टमार्टमका लागि रा उ स्मारक अस्पताल लहान सिरह स्थित पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएका छन ।