२४ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

धादिङ – आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङका पदाधिकारीहरूको लागि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

सुरक्षित वैदेशिक रोजगारीका सवाल, आप्रवासी कामदारका हकहित तथा संस्थागत विकास सम्बन्धी जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।तालिमको पहिलो दिन जिल्ला समन्वय समिति धादिङका जिल्ला समन्वय अधिकारी हरी प्रसाद अर्यालले वैदेशिक रोजगारको वर्तमान अवस्था र अवसर तथा मुख्य सवालहरूको बारेमा जानकारी गराउनुभयो ।यसै गरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सुरक्षित बैदेशिक रोजगार सम्बन्धी संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र १५ औँ योजना र प्रदेश सरकारको आवधिक योजनामा भएका प्रावधानहरूको विषयमा सहजीकरण गर्नुभयो ।कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम अधिकृत कमलबहादुर रोकायले आप्रवासी हकहित सञ्जालको औचित्य, आप्रवासी हकहित सञ्जाल निर्माणको अवधारणा तथा महत्त्व र आप्रवासी हकहित केन्द्रको प्रस्तावित सङ्गठनात्मक संरचना, भूमिका तथा जिम्मेवारीहरूको विषयमा जानकारी गराउनुभयो ।

नीलकण्ठ नगरपालिका र सामी/हेल्भेटासको सहकार्यमा सुरु भएको तालिमको सहजीकरण लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]