सुनसरी – नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले पार्टीका नेताहरु अब सहर बजारका कफी हाउसहरुमा होइन, जनताका समस्या सुन्न जनताको घर दैलोमा पुग्नु पर्ने महत्वपूर्ण विचार राख्नु भएको छ।
नेपाली काङ्ग्रेस सुनसरी र नेपाल तरुण दल सुन्सरीका नेता कार्यकर्ता विच आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै नेता राईले सो बताएका हुन। नेपाली जनता कम्युनिष्टको भद्रगोल राज्य संचालन र बढ्दो महङ्गीका कारण आजित भएकाले नेपाली काङ्ग्रेसका हरेक नेता कार्यकर्ता विकल्प बनेर जनताका घाउहरुमा मल्हम लगाउन जनताको विचमा जानुपर्ने युवा नेता रविप्रकाश राईले बताए।साथै कम्युनिष्टले पाएका मतको भार थेग्न नसकेर देश राजनीतिक अस्थिरताका विच गुज्रीरहेका बेला, काङ्ग्रेसले समय छदै अबको निकास भनेकै ‘अर्ली इलेक्सन’ हो भन्ने निष्कर्षमा पुग्नु पर्ने समेत नेता राईले बताए। अबको राजनीतिक निकास भनेको केवल चुनाव हो र चुनावी तयारिका लागी नेपाली काङ्ग्रेस अहिले देखिनै गुट बोकेर हैन केवल कांग्रेस बनेर जनताका घर दैलोमा पुगेर उनिहरुको वास्तविक समस्या बुझ्दै त्यसको समाधानका निमित्त स्पष्ट योजना सहित चुनावमा होमिन तयार हुनुपर्ने नेता राईले बताए।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका युवा नेता एवं पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा हुनुहुन्थ्यो।