३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

काठमाडौं – नेपाली इन्जिनियरहरुको टोलीले विद्युतीय बाइक निर्माण गरेकाे छ । यात्री मोटोरसाइकल्स ग्रुपअन्तर्गत युवा इन्जिनियरहरुको एक टोलीले उक्त विद्युतीय बाइक निर्माण गरेकाे हाे ।

‘प्रोजेक्ट जिरो’ नाम दिइएको उक्त विद्युतीय बाइकको डिजाइन, इन्जिनियरिङ तथा निर्माण नेपालमै भएको बताइएकाे छ ।निर्माण टोलीले यसमा कटिङ एज पावरट्रेन, क्लास लिडिङ भेहिकल सफ्टवेयर तथा ईन-हाउस डेभलपमेन्ट प्रोवेसको प्रयोग गरेको बताएको छ ।दुई घण्टाको फुल चार्जमा उक्त बाइकले २३० किलोमिटर रेन्जसम्म यात्रा गर्दछ । यसमा ८ किलो वाट प्रतिघण्टाको ब्याट्री क्षमता छ भने ३.३ किलो वाटको अनबोर्ड चार्जर छ ।याे स्मार्ट विद्युतीय बाइकमा अनबोर्ड फोरजी नेटवर्कका साथै एन्ड्रोइड र आईओएस एन्टी थेफ्ट अनबोर्ड जीपीएन अन डिमाण्ड सर्भिसिङ अपोइन्टमेन्ट रोड साइड असिस्टेन्स मोबाइल एप छ ।

यात्री मोटरसाइकल्सले आगामी २३ अप्रिलमा प्रोजेक्ट जिरोको युनिटलाई आफ्नो वेबसाइटमा सार्वजनिक प्रदर्शनीका लागि राख्ने बताएको छ । इच्छुक व्यक्तिहरुले अर्डर दिएर २३ अप्रिलदेखि डाउन पेमेन्टमा बाइक खरिद गर्नसक्ने कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]