२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए ।बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्ने तयारी रहेको साहले बताए । तर यसको निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे निधो भएको छैन ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनमा अन्यौलता छाएको छ । अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेविना सरकार बनाउन माओवादी केन्द्र, कांग्रेस र जसपाबीच गठबन्धन अनिवार्य देखिन्छ । तर यी तीन घटकबीच अहिलेसम्म सत्ता समीकरणका लागि साझेदारी बन्न सकेको छैन ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न माओवादी केन्द्र लागि परेको छ । ओलीको उक्त कदमलाई असंवैधानिक भनेका अरू राजनीतिक दलहरू देखिने गरी प्रधानमन्त्री फेर्न नलागे पनि ओलीलाई नै समर्थन गर्न भने नसकिने जनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]