१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

जुम्ला – कर्णाली प्रदेशमा १ लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा १ लाख ४ हजार ७२ जनाले खोप लगाएका हुन् ।

सरकारले गत १४ माघदेखि पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । दोस्रो चरणको खोप अभियान गत २३ फागुनदेखि ३ चैतसम्म सञ्चालन भएको हो । दुवै चरणमा लगाइएको खोप अभियानमा कर्णाली प्रदेशका १० जिल्लामा दोस्रो चरणमा मात्रै ७७ हजार ८२ जनाले खोप लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी विनोदनारायण चौधरीले दोस्रो चरणको प्राथमिकतामा परेका ७६ प्रतिशतले खोप लगाएको बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, र पत्रकारलगायत गरी २६ हजार ९ सय ९० जनालाई खोप दिइएको थियो ।

दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । प्रदेशमा दोस्रो चरणमा मात्र १ लाख १ हजार २७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]