२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

बुटवल–८ मिलनचोकमा रहेको फुडल्याण्डमा आगलागी भएको छ । बुटवल सेन्टरमा पर्ने फुडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, शुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए ।मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फुडल्याण्डको मुख्य सडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोका लप्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो ।

रेष्टुरेण्ट शाखाको माथिल्लो तला जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फुडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]