
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत जाँदैछन्। अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत जाने भएका हुन् ।
अवहेलना मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएपछि प्रचण्ड जवाफ दिन अदालत जान लागेका हुन् ।विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।
यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन्।