०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

विराटनगरका खड्का परिवारले मानव सेवा आश्रम निर्माणका लागि विराटनगर–५ स्थित कोचाखालमा ६ कठ्ठा जग्गा प्रदान गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा डम्बर सतसङ सद्गुरु कविर सेवा आश्रमकी अध्यक्ष सुशीला भट्टराईले मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सो करोडौं मूल्य पर्ने जग्गाको कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।स्व.डम्बरवहादुर खड्काले आफ्नो मृत्युपछि मानव सेवाको हितमा काम गर्न भनेअनुसार खड्का परिवारका सदस्यहरुले कविर आश्रमको नाममा रहेको १३ कठ्ठा जग्गामध्ये ६ कठ्ठा जग्गा मानव सेवा आश्रमलाई प्रदान गरेका हुन् । खड्का परिवारले १३ कठ्ठा जग्गा कविर सेवा आश्रमलाई भोगचलन गर्नका लागि दिएको थियो । महानगरपालिकाका मेयर भीम पराजुलीले मानव सेवा प्रवद्र्धन कार्य गरेकोमा दाता परिवारले पुण्यको काम गरेको बताउनुभयो । उहाँले छोराछोरीले वृद्ध आमाबुबालाई ज्येष्ठ नागरिक गृहमा पठाउने कार्य बन्द गर्न आग्रह गर्नुभयो । मेयर पराजुलीले प्राप्त भएको जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक भवन निर्माण गर्न चाँडै विराटनगरमा नेपालका प्रसिद्ध कलाकारहरुको उपस्थितिमा बृहत् सांगीतिक कार्यक्रमको आयोजना गर्ने जानकारी पनि दिनुभयो ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवीय कार्यका लागि जग्गा उपलब्ध गराएर समाजमा प्रेरणा प्रदान गर्नुभएको बताउँदै आश्रमले शुरु गर्न लागेको ज्येष्ठ नागरिक मनोरञ्जनका लागि सहयोग गर्न महानगरलाई आग्रह गर्नुभयो । दाता संस्थाकी अध्यक्ष भट्टराई र स्व. खड्काकी बुहारी जमुना खड्का, गुराँस पुस्तकालयका अध्यक्ष दीपक चापागाईंलगायतले दुःख र पीडामा सहयोग गर्न पाउँदा खुसी लागेको लागेको चर्चा गर्दै आगामी दिनमा थप सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा दाताहरु खड्का परिवारका सदस्यहरु एवं कविर आश्रमका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।हाल विराटनगरमा सहयोगापेक्षी मानवहरूलाई भाडाको घरमा राखिएको छ ।

विराटनगरमा तीनवटा घर भाडामा लिएर २ सय ४६ जना सहयोगापेक्षीको बसोबासको व्यवस्था गरिएको छ । आश्रमलाई प्राप्त भएको जग्गाको चलनचल्तीको मूल्य करिब ४ करोड रुपियाँ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]