काठमाडौं – भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । विभाग नेतृत्वमा यमलाल भुसाललाई पठाइएको छ ।
मन्त्रालयका सह-सचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् ।
यता राजस्व अनुसन्धान विभागका महानिर्देश दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा ल्याइएको छ ।
मन्त्रालयका प्रवक्ता अर्थात् योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे आर्थिक नीति विश्लेषण महाशाखामा सरूवा भएका छन् ।