१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

एजेन्सी – काठमाडौं राजनीतिक संकट गहिरिँदै जाँदा म्यानमारको सेनाले प्रदर्शनकारीलाई लक्षित गरी सडकमा आफ्नो उपस्थिति उल्लेख्य बढाएको छ। देशभर इन्टरनेट सेवा पनि अवरुद्ध पारिएको छ।

सेनाको यो रबैया फेब्रुअरी १ मा भएको सैनिक ‘कू’को बिरुद्ध देशभर भइरहेको विरोधलाई दवाउने रणनीतिका रुपमा हेरिएको छ।

देशको उत्तरी शहर काचिनमा लगातार ९ दिनदेखि सैनिक हस्तक्षेपविरुद्ध प्रदर्शन भइरहेको छ। त्यहाँ सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको बताइन्छ।

संयुक्त राष्ट्रसंघका एक अधिकारीले म्यानमारको सेनाले आफ्नै जनतासँग युद्ध गर्न चाहेको आरोप लगाएका छन्। म्यानमारको लागि राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्र्जले सेनाका जनरत हतारमा देखिएको र यसका लागि उनलाई जवाफदेयी बनाएरै छाडिने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘सेनाले आफ्जै जनतासँग युद्धको घोषणा गरेको जस्तो देखिएको छ। आधा रातमा छापा मारेर मानिसलाई पक्राउ गरिएको छ। उनीहरुको अधिकार हनन् गरिएको छ। इन्टरनेट बन्द गरिएको छ। यस्तो लागिरहेको छ कि सेनाका जनरल निकै हतासमा छन्।’

युरोपेली महासंघ, अमेरिका र बेलायतले एक वक्तव्य जारी गरी गणतान्त्रिक सरकारमाथि कू गरिएको विरोधमा भएको जनप्रदर्शनमा हस्तक्षेप नगर्न म्यानमारको सेनालाई आग्रह गरेको छ।

म्यानमारको सेनाले यसै महिना आङ सान सू ची नेतृत्वको सरकारलाई अपदस्त गरेको थियो। गत वर्षको अन्तिममा भएको निर्वाचनमा सू चीको पार्टीले अत्याधिक बहुमत ल्याएको थियो तर सेनाले सो चुनावमा धाँधली भएको आरोप लगाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]